युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बुटवल ,     “नेपाली साहित्यको दीर्घकालीन उत्थान, साहित्यिक चौतारी लुम्बिनीको अभियान” भन्ने उद्देश्यका साथ अघि बढिरहेको स​क्रिय​ संस्था साहित्यिक चौतारी नेपालको लुम्बिनी प्रदेश शाखाले आज बुटवल मिलनचोकमा रहेको रोयल एकेडेमीको सभाहलमा रचना वाचन सम्पन्न गरेको छ।

साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखाका अध्यक्ष डीआर न्यौपाने ‘सूर्य’को सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा साहित्यकार , समालोचक , बहु प्रतिभाशाली डा. श्याम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा विगत लामो समयदेखि नेपाली भाषा साहित्यमा योगदान गर्दै आउनुभएका साहित्यकार काजी रोशन र सीसासका पूर्व अध्यक्ष , साहित्यकार नारायण प्रसाद भण्डारी रहनुभएको थियो।
अतिथिको रुपमा साहित्यिक चौतारीकी केन्द्रीय कोषाध्यक्ष ,सुविख्यात कवि/ साहित्यकार कमला भन्डारी ढकाल, कवि सरु ज्ञवाली, एवम् साहित्यकार अम्बिका भन्डारी तथा राष्ट्रीय वाणिज्य बैंक भैरहवाका सहायक म्यानेजर अर्जुन अर्याल उपस्थित हुनुहुन्थ्यो ।

सचिव रमा जैसीको कुशल उदघोषण ,संस्थाकी उपाध्यक्ष सुनिता प्रतिबिम्बको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ,विशेष अतिथि र अतिथिहरूले लामो स​म​य​देखि सुस्ताएको लुम्बिनी शाखा अचेल नयाँ जोस, जाँगर र उत्साहका साथ निरन्तर अघि बढिरहेको कुरा व्यक्त गर्दै साहित्यिक चौतारीले कविता, ग​ज​ल,मुक्त​क हाइकु लगायत साहित्यका अधिक विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्यक्रम गर्दै लुम्बिनीको साहित्यिक अवस्थालाई अझ धेरै सकृय बनाई , उल्लेख्य काम गरेर आफ्नो कार्यकाललाई उत्कृष्ट पार्दै लैजाने अपेक्षा राखेको बताउनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा.श्याम प्रसाद न्यौपानेले कुनैपनि साहित्यकारले आफ्नो सिर्जनामा निखार ल्याउन निरन्तर अभ्यास, अध्ययन गरिरहनुपर्ने , कविहरूले रचना गर्दा रचनाको मर्म, भाव र शिल्पलाई जोड दिँदै जानुपर्ने बताउनु भयो।कार्यक्रममा बिमल खरेल, सुरज गिरी, अन्जली पान्डेय, मनोज ज्ञवाली, अ्म्बिका अर्याल, भगवती पान्डेय, सरु ज्ञवाली, कमला भन्डारी ढकाल, रमा जैसी, अर्जुन अर्याल, नारायण प्रसाद भन्डारी, सुनिता प्रतिबिम्ब, मनोज भुसाल, बिस्नु पोखरेल ,काजी रोशन, श्याम प्रसाद न्यौपाने , लगायत करिब डेढ दर्जनले आफ्नो रचना वाचन गर्नुभएको थियो।

सभापति डीआर न्यौपाने ‘सूर्य’ ले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो समितिले देखावटी रुपले आवरणमा हल्लाखल्ला गरेर प्रशंसा बटुल्नु भन्दा थोरै भएपनि गुणात्मक काम गरि साहित्यको श्रीवृद्धिमा लाग्ने बताउँदै रचना वाचन गरेर कार्यक्रमको समापन गर्नुभएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय