![](https://pahilokhabar.com/wp-content/uploads/2023/12/pah.jpeg)
लियो क्लब अफ भलवारी र लियो क्लब अफ बुटवल मणि उजेशको संयुक्त आयोजनामा, अन्तर्राष्ट्रिय लियो दिवसको सप्ताह व्यापि कार्यक्रम अनुरुप, मिति २०८० मङ्सिर १८ गतेका दिन भलवारी स्थित मानवसेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता लियो क्लब अफ भलवारीका अध्यक्ष लियो सागर आचार्यले गर्नु भएको थियो भने लियो क्लब अफ बुटवल मणि उजेशका अध्यक्ष दर्पन घिमिरेले कार्यक्रम संयोजकको भुमिका निर्वाह गर्नुभएको थियो। प्रमुख अतिथी लियो जिल्ला ३२५ पि कि उपाध्यक्ष लियो श्रद्धा कुवर, विशिष्ट अतिथी मानवसेवा आश्रमकी सह-संचालिका बिष्णु घर्ती, अतिथिहरु लियो रिजन ६ चेयरपर्शन लियो सुष्मा बश्याल एवम् लायन्स क्लब अफ भलवारीका अध्यक्ष लायन मीन तिवारीको उपस्थितिमा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन लियो सामना के.सि ले गर्नु भएको थियो ।
![](https://pahilokhabar.com/wp-content/uploads/2023/11/Onlinekhabar-300x200px.gif)
![](https://pahilokhabar.com/wp-content/uploads/2023/11/300-x-200-1.gif)
![](https://pahilokhabar.com/wp-content/uploads/2023/11/300-x-200-1.gif)