काठमाडौँ– महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ।
कार्यक्रम गर्न निषेध गरिएको र जबर्जस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।
शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।