अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ०७ चिदिचौरमा रहेको १५ शैयाको अस्पताल सम्पन्न भएको ०५ महिना वितिसक्दा पनी सञ्चालनमा आउन सकेन ,
पुष्पा विल्डर्स कम्पनीले गत महिना असारमा सम्पन्न गरेपनी हालसम्म सञ्चालनमा आएको छैन । करिब १८ करोड लगानीमा निर्माण भएको यो अस्पताल मेडिकल उपकरण तथा दक्ष जनशकती नहुँदा सञ्चालनमा ल्याउन नसकेको नगर प्रमुख झविलाल थापा बताउनु हुन्छ । नगरपालिकाको आन्तिरक सोत न्युन हुँदा उपकरण खरिद गर्न नसक्दा प्रदेश र सङ्घीय सरकारलाई व्यवस्थापनका लागि अनुरोध गरेको बताउनु भयो । भवन झट हेर्दा अर्घाखाँची जिल्लाको नमुना भवन निर्माण भएतापनी जनतालाई बेलैमा सेवा सुविधा उपलब्ध नहुँदा स्थानीय लाई चिन्तित बनाएको छ । भूमिकास्थान नगरपालिकामा स्वास्थ्य चौकी बाहेक ठुला अस्पाताल नहुँदा स्थानीयलाई सास्ती भएको छ । अस्पाताल सञ्चालन ल्याउन नसक्दा भूमिकास्थानका स्थानीय सर्वसाधनलाई सामान्य विरामी हुँदा समेत उपचारका लागि सन्धीखर्क वुटवल जान बाध्य भएका छन ।
श्रोत्: दिपक आचार्य