![](https://pahilokhabar.com/wp-content/uploads/2023/11/gold-sun-new-1024x697-1.jpg)
तिहारपछिको पहिलो कारोबार दिन सुन र चाँदीको मूल्य बढेको छ ।
मंसिर लागेसँगै विवाहको सिजन पनि सुरु हुँदा सुनको मूल्य बढेको हो । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![](https://pahilokhabar.com/wp-content/uploads/2023/11/Onlinekhabar-300x200px.gif)
![](https://pahilokhabar.com/wp-content/uploads/2023/11/300-x-200-1.gif)
![](https://pahilokhabar.com/wp-content/uploads/2023/11/300-x-200-1.gif)
तिहारअघि २७ कात्तिकमा प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको हो । २७ कात्तिकमा १ लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि प्रतितोला ९० रुपैयाँले बढेको छ । २७ कात्तिकमा १ हजार ३६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४५० रुपैयाँ पुगेको हो ।